Monday, April 30, 2018


आनोले सताउँछ ? यस्ता छन् रोकथाम उपचार विधि

आँखा महत्वपूर्ण संवेदनशील अंग हो। आँखाको हेरचाहा सरसफाइमा अलिकति पनि लापरबाही हुने बित्तिकै विभिन्न किसिमका समस्या देखा पर्छन्। सुरुसुरुमा सामान्य हो नि भनेर समयमै उपचार नगर्दा पछि जटिल समस्या निम्तिन्छ। आँखाका विभिन्न समस्यामध्ये एउटा हो, ‘स्टाइअर्थात् बोलिचालीको भाषामाआनो’, जुनस्टेफिलोकोकस ब्याक्टेरियाको संक्रमणका कारण हुन्छ। 
परेला भएको ठाउँ अर्थात् आँखाको ढकनीमा भएको बोसोयुक्त ग्रन्थीमा जीवाणूको संक्रमण भएपछि पीडादायक गाँठो बन्छ। यो आँखाको माथिल्लो या तल्लो दुवै भागमा आउन सक्छ। यस्तै, आँखाको ढकनी बाहिर वा भित्र पनि आउन सक्छ। 
आनो एक प्रकारको घाउखटिरा हो। यो परेलाको रौं उम्रिने ठाउँको प्वालमा ब्याक्टेरियाको संक्रमणले गर्दा हुन्छ। बुझ्नेगरी भन्नुपर्दा, परेलाको जरो वा परेलाको तेल ग्रन्थीमा पिप जम्नु नै आनो आउनु हो। बुढापाकाले भनेजस्तोझुट बोल्दा आनो आउँछभन्ने कुरा चाहिँ गलत हो। 
सामान्यतया यसले आँखाको दृष्टिमा कुनै खराबी नगरे पनि कसैमा भने बारम्बार दोहारिएर दुःख दिने गर्छ। परेलामा चायाको समस्या, मधुमेह, आँखा धेरै मिचिरहने बानी जस्ता कारणले आनो निस्किने गर्छ। यो जुनसुकै उमेर समूहका मानिसलाई हुने समस्या हो। विशेषगरी बालबालिकामा आनो बढी देखिने गर्छ। 
लक्षण
आँखाचिलाइरहनु,
आँखाको परेलीका बाहिरी भाग सुन्निनु जराको भागमा खटिरा आउनु,
आँखाको ढकनी बिस्तारै सुन्निदै गई दुख्न सुरु हुनु,
उक्त खटिरा रातो हुनु,
आँशु धेरै आउनु,
आँखाबाट चिप्रा निस्किनु
घाममा हेर्न मुस्किल पर्नु, आदि। 
उपचार 
आँखामा आनो आएपछि घरमै उपचार गरी निको पार्न सकिन्छ। जसका लागि सफा नरम कपडा पानीमा भिजाएर दिनमा पटक सेक्नुपर्छ। यसरी सेक्दा पीडा कम हुन्छ आखाँको वरिपरि सफा गर्न सजिलो हुन्छ। यसरी सेक्दा बन्द रहेका ग्रन्थीलाई खुलाउन पनि मद्दत मिल्छ।
आखाँलाई सधैँ सफा राख्नुपर्छ तर मिच्नु हुँदैन। घरमै आनोलाई निचोर्ने पनि सकिन्छ। आनो आएको बेला आँखाको मेकअप गर्नु हुँदैन। चिकित्सको सल्लाहबिना बजारमा पाउने औषधिको प्रयोग गर्नु हुँदैन। अत्यधिक दुखेमा दुखाइ कम गर्ने ट्याब्लेटहरुको प्रायेग गर्न सकिन्छ। 
आँखाको हेरचाह गर्दा पनि सन्चो भएन भने नेत्ररोग विशेषज्ञको सल्लाह बमोजिम औषधि सेवन गर्नुपर्छ। त्यस्तै आँखा धेरै सुन्नियो, धेरै दुख्यो, पिप या रगत निस्किन थाल्यो, ज्वरो आयो भने तुरुन्त स्वास्थ्य संस्था गएर जँचाउनुपर्छ।
बच्ने उपाय तथा रोकथाम
हामीले आँखा सधैँ सफा पानी धुनुपर्छ। आखाँ चिलायो भनेर मिच्नु हुँदैन। त्यसरी मिच्दा हातमा भएको वा परेलामा रहेको फोहोरले संक्रमण हुन सक्छ। फोहोर हातले आँखा छुनु हुँदैन। आखाँ संवेदनशील अंग भएकाले मेकअपका सामग्री जथाभावी प्रयोग गर्नु हुँदैन। कमसल सामानको प्रयोगले आँखामा इन्फेक्सन हुन सक्छ। कन्ट्याक लेन्स प्रयोग गर्नेले लेन्स लगाउँदा निकाल्दा हात राम्ररी धुनुपर्छ। लेन्सलाई पनि राम्ररीडिसइन्फेक्टगरेर मात्र प्रयोग गर्नुपर्छ। 
आनो बालबालिकामा बढी देखिन्छ। तर बारम्बार दोहोरिएको खण्डमा आँखा जाचँ गराउनुपर्छ। यसरी आनो बारम्बार आउनु भनेको बालबालिकाको दृष्टिसँग सम्बन्धित समस्या पनि हुन सक्छ। बुढापाकामा आनोको समस्या देखिए मधुमेहको जाँच गराउनुपर्छ दृष्टिमा समस्या भए समयमै परीक्षण गरेर चस्मा लगाउनुपर्छ। धुलो, धुवाँ फोहोरबाट आखाँलाई सुरक्षित राख्नुपर्छ। 
समयमै उपचार गरिएन भने आनो फुटेर संक्रमण भई थप दृष्टि सम्बन्धी समस्या उत्पन्न हुने भएकाले चिकित्सकको परामर्श लिनु नबिर्सिनु होला।


No comments:

Post a Comment