नेपालमा मात्र देखिएको आँखाको रहस्यमय रोग ‘सापु’
(लक्षण र उपचार)
त्रिवि शिक्षण अस्पताल परिसरस्थित बिपी कोइराला नेत्ररोग अध्ययन केन्द्रमा केही दिनअघि पोखराबाट ५ वर्षीय बालक उपचारका लागि आए । उनको आँखा रातो थियो भने आँखाको नानी सेतो देखिन थालेको थियो । उपचारका लागि आउनु अगाडि नै धेरै असर गरिसकेकाले उनको एउटा आँखाको दृष्टिमा समस्या आयो । उनले केन्द्रबाट उपचार पाए र अहिले पोखरामा डाक्टरहरुको निगरानीमै छन्।
केन्द्रमा नै केही समयअघि झापाका एक किशोर आँखा जँचाउन आएका थिए । आँखामा समस्या देखिएको २ घन्टाभित्रै उनी केन्द्रमा आएका कारण उपचारपछि उनको आँखाको ज्योति जोगाउन सकियो ।
पोखराका बालक र झापाका किशोर दुवैलाई एउटै समस्या भएको थियो । उनीहरुलाई भएको समस्या हो, सिजनल हाइपरएक्युट पनुभिआइटिस (सापु) । यो रोग हालसम्म नेपालमा मात्र देखिएको छ । नेपालको पनि केही पहाडी जिल्लामा मात्र देखिएको यो रोग के कारणले लाग्छ भन्ने अझै पत्ता लगाउन सकिएको छैन । यसबारे अध्ययनहरु भइरहेका छन् ।
बच्चामा धेरै देखिने
विशेषगरी यो रोगले बालबालिकालाई बढी आक्रमण गर्ने गरेको छ । अहिलेसम्म यो रोगबाट प्रभावित बिरामीहरु हेर्दा ६० प्रतिशतभन्दा बढी बालबालिका नै छन् । यसको कारण पत्ता नलागे पनि यो रोग लाग्नुमा सेतो पुतली पनि एउटा कारण हो कि भन्ने हामीलाई लागेको छ । तर, प्रमाणित भइसकेको छैन । समस्या लिएर आएका केही बिरामीसँग कुराकानी गर्दा उनीहरु सेतो पुतलीको सम्पर्कमा आएको बताएका थिए । तीमध्ये केहीको आँखामा सेतो पुतलीका रौं पनि भेटिएको थियो । पुतलीको सम्पर्कमा नआएकामा पनि यो समस्या देखिएकाले अरु पनि कारण हुनसक्छन् ।
अचानक हुने र दृष्टि गुम्ने
यो रोग प्रायः एउटा आँखामा मात्र देखिन्छ । यसको असर आँखामा तीव्र रुपमा फैलिन्छ । तर, एउटा आँखाबाट अर्कोमा र एक व्यक्तिबाट अर्कोमा भने सर्दैन । यो रोग लाग्यो भने आँखा एकाएक रातो हुँदै जाने र आँखाको भित्री नानी (कालो भाग) भने सेतो हुँदै जान्छ ।
यस्तो लक्षण आँखामा देखिएको दुई घन्टाभित्रै देखिन्छ । लक्षण देखिएको ४८ देखि ७२ घण्टाभित्रमा उपचार भएन भने आँखाको दृष्टि नै गुम्छ । त्यसकारण लक्षण देखिनासाथ उपचारका लागि जानुपर्छ ।
आँखा रातो हुने भएकाले धेरै मानिस आँखा पाक्ने रोग ‘कन्जन्टिबाइटिस’
हो कि भनेर त्यति ख्याल नगरी बस्न सक्छन् । तर, यसमा आँखा पाक्ने रोगभन्दा फरक लक्षण हुन्छ । ‘कन्जन्टिबाइटिस’मा आँखाको नानी सेतो हुँदै जाँदैन, बरु आँखा भारी हुने, चिप्रा आउने र चिलाउने हुन्छ । सापुमा भने खासै नदुख्ने, चिप्रा नआउने र अत्यन्तै छोटो समयमा ज्योति कम हुँदै जान्छ ।
यो रोगले आँखामा हुने भित्री पत्र र ‘जेल’ जस्तो पानीलाई असर गर्छ । यस्तो असरका कारण आँखाको पर्दाभन्दा अगाडिको भागमा पिप जम्दै जाने भएकाले आँखाको भित्री नानी (कालो भाग) सेतो देखिने भएको हो । यस्तो असरले सुन्निने आँखाको पर्दा नै च्यातिदिने भएकाले दृष्टि गुम्ने हुन्छ । यो रोगले आँखालाई सुकाउँदै लैजाने हुँदा दृष्टिसँगै आँखाको बनोट र सुन्दरता पनि बिग्रिन्छ ।
प्रायः यो रोगबाट प्रभावितहरु ढिलो गरी अस्पताल आउने हुँदा धेरैको दृष्टि फर्काउन सकिएको छैन । तर, समयमै आएका र धेरै असर नपरेकाहरुको भने उपचारपछि दृष्टि राम्रो बनाउन सकिएको छ ।
लक्षण
– एउटा आँखा अचानक रातो हुनु,
– आँखाको भित्री नानीको बीचमा सेतो देखिनु,
– भित्री भागमा पिप भरिनु,
– अत्यन्तै छोटो समयमा ज्योति कम हँुदै जानु,
– आँखा पाके जस्तो देखिए पनि चिप्रा नलाग्नु,
– उज्यालोमा हेर्न गाह्रो हुनु,
– आँखा त्यति नदुख्नु ।
– एउटा आँखा अचानक रातो हुनु,
– आँखाको भित्री नानीको बीचमा सेतो देखिनु,
– भित्री भागमा पिप भरिनु,
– अत्यन्तै छोटो समयमा ज्योति कम हँुदै जानु,
– आँखा पाके जस्तो देखिए पनि चिप्रा नलाग्नु,
– उज्यालोमा हेर्न गाह्रो हुनु,
– आँखा त्यति नदुख्नु ।
वर्ष बिराएर देखिने रहस्यमय रोग
अहिलेसम्म सापु रोगको प्रकृति हेर्दा यो एक वर्ष बिराएर देखिने गरेको छ । यो रोग मौसमी भएकाले नाम नै सिजनल छ । विशेषगरी यो रोग वर्षा सकिएपछि र जाडो सुरु हुनुभन्दा अगाडि देखिन्छ । भदौको अन्तिम सातादेखि मंसिर पहिलो सातासम्म यो रोग देखिन्छ । वर्ष बिराएर किन यही मौसममा मात्र यो रोग देखिन्छ भन्ने कुरा अझै रहस्यमय नै छ । कहिलेकाहीँ अन्य महिनामा पनि फाट्टफुट्ट यो रोगका बिरामी भेटिएका छन् ।
उपचार
यो रोगको कारण पत्ता नलागेकाले उपचार पनि बिरामीमा देखिएको असरको अवस्थाका आधारमा हुन्छ । बिरामीको आँखाको पानीको जाँच गर्दा भाइरस, ब्याक्टेरिया समेत भेटिएका छन् । त्यसकारण उपचारमा समस्या परिरहेको छ ।
उपचारका क्रममा सबैभन्दा पहिले बिरामीको आँखाको दृष्टि जोगाउने काम गरिन्छ । यसका लागि अवस्था हेरेर एन्टिबायोटिक चलाउने, सुईबाट पिप तान्ने, शल्यक्रिया गर्ने लगायतका उपचार पद्धति अपनाइन्छ । शल्यक्रिया गरेर आँखाभित्र जमेको पिप र फोहोर पानी हटाउने विधिलाई ‘भिट्रेक्टोमी’ भनिन्छ ।
कुनै पनि रोगको उपचार सहज बनाउन त्यसको कारण पत्ता लगाउन जरुरी हुन्छ । त्यसैले अहिले सापुको कारण पत्ता लगाउन अनुसन्धान भइरहेको छ ।
बिरामीले माथिका लक्षण देखिने बित्तिकै आँखा अस्पताल तथा उपचार केन्द्रमा गएर उपचार सुरु गरिहाल्नुपर्छ । बिपी कोइराला नेत्ररोग अध्ययन केन्द्रले काठमाडौं उपत्यकाबाहिरका बिरामीले पनि समयमै उपचार पाउन सकून् भनेर जिल्लामा समुदायस्तरका सम्पर्क व्यक्ति तथा केन्द्रहरु तोकेको छ ।
बिरामीले माथिका लक्षण देखिने बित्तिकै आँखा अस्पताल तथा उपचार केन्द्रमा गएर उपचार सुरु गरिहाल्नुपर्छ । बिपी कोइराला नेत्ररोग अध्ययन केन्द्रले काठमाडौं उपत्यकाबाहिरका बिरामीले पनि समयमै उपचार पाउन सकून् भनेर जिल्लामा समुदायस्तरका सम्पर्क व्यक्ति तथा केन्द्रहरु तोकेको छ ।
शिक्षण अस्पताल परिसरमा रहेको केन्द्रमा २४सै घन्टा आँखाका विज्ञ डाक्टरले उपचार सेवा दिने व्यवस्था छ । केन्द्रले बिरामीको सहजताको लागि हटलाइन नम्बर ९८४०५३९६३२ समेत सञ्चालन गरेको छ ।
यसरी पत्ता लाग्यो र नाम राखियो
यो रोग नेपालमा बाहेक अन्य कुनै पनि देशमा अहिलेसम्म देखिएको छैन । सबैभन्दा पहिला यो रोग पोखरामा भेटिएको हो ।
सन् १९७५ मा भएको अध्ययनका क्रममा नयाँ खालको रोग देखिएको हो । सुरुमा यसलाई ट्युमर, आँखा पाक्ने लगायतका विभिन्न रोगका रुपमा सर्वसाधारणले चिने । तर, डा मदन उपाध्याय, डा भरत श्रेष्ठ र डा एनसी राईले नै यो रोग फरक हो भनेर यसलाई सिजनल हाइपरएक्युट पनुभिआइटिस (सापु) नाम दिइएको हो ।
सन् १९७५ मा भएको अध्ययनका क्रममा नयाँ खालको रोग देखिएको हो । सुरुमा यसलाई ट्युमर, आँखा पाक्ने लगायतका विभिन्न रोगका रुपमा सर्वसाधारणले चिने । तर, डा मदन उपाध्याय, डा भरत श्रेष्ठ र डा एनसी राईले नै यो रोग फरक हो भनेर यसलाई सिजनल हाइपरएक्युट पनुभिआइटिस (सापु) नाम दिइएको हो ।
यो अरु रोगभन्दा फरक र असर पनि तुरुन्तै देखाउने खालको थियो । निश्चित मौसममा देखिने, पर्दामा असर गर्ने र उपचार नहँुदा दृष्टि नै गुम्ने भएकाले यसको नाम सापु भनेर राखिएको हो ।
नयाँ रोग पत्ता लागे पनि कारण भने आजको दिनसम्म पनि पत्ता लाग्न सकेको छैन । केहीमा भाइरस, केहीमा ब्याक्टेरिया,
केहीमा अन्य नै कारक तत्व देखिएकाले विभिन्न विधाका विज्ञहरुसँग मिलेर यसको कारण खोजी भइरहेको छ ।
No comments:
Post a Comment