Monday, April 30, 2018


नेपालमा मात्र देखिएको आँखाको रहस्यमय रोगसापु
(लक्षण उपचार)

त्रिवि शिक्षण अस्पताल परिसरस्थित बिपी कोइराला नेत्ररोग अध्ययन केन्द्रमा केही दिनअघि पोखराबाट वर्षीय बालक उपचारका लागि आए उनको आँखा रातो थियो भने आँखाको नानी सेतो देखिन थालेको थियो उपचारका लागि आउनु अगाडि नै धेरै असर गरिसकेकाले उनको एउटा आँखाको दृष्टिमा समस्या आयो उनले केन्द्रबाट उपचार पाए अहिले पोखरामा डाक्टरहरुको निगरानीमै छन्।
केन्द्रमा नै केही समयअघि झापाका एक किशोर आँखा जँचाउन आएका थिए आँखामा समस्या देखिएको घन्टाभित्रै उनी केन्द्रमा आएका कारण उपचारपछि उनको आँखाको ज्योति जोगाउन सकियो
पोखराका बालक झापाका किशोर दुवैलाई एउटै समस्या भएको थियो उनीहरुलाई भएको समस्या हो, सिजनल हाइपरएक्युट पनुभिआइटिस (सापु) यो रोग हालसम्म नेपालमा मात्र देखिएको नेपालको पनि केही पहाडी जिल्लामा मात्र देखिएको यो रोग के कारणले लाग्छ भन्ने अझै पत्ता लगाउन सकिएको छैन यसबारे अध्ययनहरु भइरहेका छन्
बच्चामा धेरै देखिने
विशेषगरी यो रोगले बालबालिकालाई बढी आक्रमण गर्ने गरेको अहिलेसम्म यो रोगबाट प्रभावित बिरामीहरु हेर्दा ६० प्रतिशतभन्दा बढी बालबालिका नै छन् यसको कारण पत्ता नलागे पनि यो रोग लाग्नुमा सेतो पुतली पनि एउटा कारण हो कि भन्ने हामीलाई लागेको तर, प्रमाणित भइसकेको छैन समस्या लिएर आएका केही बिरामीसँग कुराकानी गर्दा उनीहरु सेतो पुतलीको सम्पर्कमा आएको बताएका थिए तीमध्ये केहीको आँखामा सेतो पुतलीका रौं पनि भेटिएको थियो पुतलीको सम्पर्कमा नआएकामा पनि यो समस्या देखिएकाले अरु पनि कारण हुनसक्छन्
अचानक हुने दृष्टि गुम्ने
यो रोग प्रायः एउटा आँखामा मात्र देखिन्छ यसको असर आँखामा तीव्र रुपमा फैलिन्छ तर, एउटा आँखाबाट अर्कोमा एक व्यक्तिबाट अर्कोमा भने सर्दैन यो रोग लाग्यो भने आँखा एकाएक रातो हुँदै जाने आँखाको भित्री नानी (कालो भाग) भने सेतो हुँदै जान्छ
यस्तो लक्षण आँखामा देखिएको दुई घन्टाभित्रै देखिन्छ लक्षण देखिएको ४८ देखि ७२ घण्टाभित्रमा उपचार भएन भने आँखाको दृष्टि नै गुम्छ त्यसकारण लक्षण देखिनासाथ उपचारका लागि जानुपर्छ
आँखा रातो हुने भएकाले धेरै मानिस आँखा पाक्ने रोगकन्जन्टिबाइटिसहो कि भनेर त्यति ख्याल नगरी बस्न सक्छन् तर, यसमा आँखा पाक्ने रोगभन्दा फरक लक्षण हुन्छ कन्जन्टिबाइटिसमा आँखाको नानी सेतो हुँदै जाँदैन, बरु आँखा भारी हुने, चिप्रा आउने चिलाउने हुन्छ सापुमा भने खासै नदुख्ने, चिप्रा नआउने अत्यन्तै छोटो समयमा ज्योति कम हुँदै जान्छ
यो रोगले आँखामा हुने भित्री पत्र जेलजस्तो पानीलाई असर गर्छ यस्तो असरका कारण आँखाको पर्दाभन्दा अगाडिको भागमा पिप जम्दै जाने भएकाले आँखाको भित्री नानी (कालो भाग) सेतो देखिने भएको हो यस्तो असरले सुन्निने आँखाको पर्दा नै च्यातिदिने भएकाले दृष्टि गुम्ने हुन्छ यो रोगले आँखालाई सुकाउँदै लैजाने हुँदा दृष्टिसँगै आँखाको बनोट सुन्दरता पनि बिग्रिन्छ
प्रायः यो रोगबाट प्रभावितहरु ढिलो गरी अस्पताल आउने हुँदा धेरैको दृष्टि फर्काउन सकिएको छैन तर, समयमै आएका धेरै असर नपरेकाहरुको भने उपचारपछि दृष्टि राम्रो बनाउन सकिएको
लक्षण
–    
एउटा आँखा अचानक रातो हुनु,
आँखाको भित्री नानीको बीचमा सेतो देखिनु,
–    
भित्री भागमा पिप भरिनु,
–    
अत्यन्तै छोटो समयमा ज्योति कम हँुदै जानु,
–    
आँखा पाके जस्तो देखिए पनि चिप्रा नलाग्नु,
–    
उज्यालोमा हेर्न गाह्रो हुनु,
–    
आँखा त्यति नदुख्नु
वर्ष बिराएर देखिने रहस्यमय रोग
अहिलेसम्म सापु रोगको प्रकृति हेर्दा यो एक वर्ष बिराएर देखिने गरेको यो रोग मौसमी भएकाले नाम नै सिजनल विशेषगरी यो रोग वर्षा सकिएपछि जाडो सुरु हुनुभन्दा अगाडि देखिन्छ भदौको अन्तिम सातादेखि मंसिर पहिलो सातासम्म यो रोग देखिन्छ वर्ष बिराएर किन यही मौसममा मात्र यो रोग देखिन्छ भन्ने कुरा अझै रहस्यमय नै कहिलेकाहीँ अन्य महिनामा पनि फाट्टफुट्ट यो रोगका बिरामी भेटिएका छन्
उपचार
यो रोगको कारण पत्ता नलागेकाले उपचार पनि बिरामीमा देखिएको असरको अवस्थाका आधारमा हुन्छ बिरामीको आँखाको पानीको जाँच गर्दा भाइरस, ब्याक्टेरिया समेत भेटिएका छन् त्यसकारण उपचारमा समस्या परिरहेको
उपचारका क्रममा सबैभन्दा पहिले बिरामीको आँखाको दृष्टि जोगाउने काम गरिन्छ यसका लागि अवस्था हेरेर एन्टिबायोटिक चलाउने, सुईबाट पिप तान्ने, शल्यक्रिया गर्ने लगायतका उपचार पद्धति अपनाइन्छ शल्यक्रिया गरेर आँखाभित्र जमेको पिप फोहोर पानी हटाउने विधिलाईभिट्रेक्टोमीभनिन्छ
कुनै पनि रोगको उपचार सहज बनाउन त्यसको कारण पत्ता लगाउन जरुरी हुन्छ त्यसैले अहिले सापुको कारण पत्ता लगाउन अनुसन्धान भइरहेको
बिरामीले माथिका लक्षण देखिने बित्तिकै आँखा अस्पताल तथा उपचार केन्द्रमा गएर उपचार सुरु गरिहाल्नुपर्छ बिपी कोइराला नेत्ररोग अध्ययन केन्द्रले काठमाडौं उपत्यकाबाहिरका बिरामीले पनि समयमै उपचार पाउन सकून् भनेर जिल्लामा समुदायस्तरका सम्पर्क व्यक्ति तथा केन्द्रहरु तोकेको
शिक्षण अस्पताल परिसरमा रहेको केन्द्रमा २४सै घन्टा आँखाका विज्ञ डाक्टरले उपचार सेवा दिने व्यवस्था केन्द्रले बिरामीको सहजताको लागि हटलाइन नम्बर ९८४०५३९६३२ समेत सञ्चालन गरेको
यसरी पत्ता लाग्यो नाम राखियो
यो रोग नेपालमा बाहेक अन्य कुनै पनि देशमा अहिलेसम्म देखिएको छैन सबैभन्दा पहिला यो रोग पोखरामा भेटिएको हो
सन् १९७५ मा भएको अध्ययनका क्रममा नयाँ खालको रोग देखिएको हो सुरुमा यसलाई ट्युमर, आँखा पाक्ने लगायतका विभिन्न रोगका रुपमा सर्वसाधारणले चिने तर, डा मदन उपाध्याय, डा भरत श्रेष्ठ डा एनसी राईले नै यो रोग फरक हो भनेर यसलाई सिजनल हाइपरएक्युट पनुभिआइटिस (सापु) नाम दिइएको हो
यो अरु रोगभन्दा फरक असर पनि तुरुन्तै देखाउने खालको थियो निश्चित मौसममा देखिने, पर्दामा असर गर्ने उपचार नहँुदा दृष्टि नै गुम्ने भएकाले यसको नाम सापु भनेर राखिएको हो
नयाँ रोग पत्ता लागे पनि कारण भने आजको दिनसम्म पनि पत्ता लाग्न सकेको छैन केहीमा भाइरस, केहीमा ब्याक्टेरिया, केहीमा अन्य नै कारक तत्व देखिएकाले विभिन्न विधाका विज्ञहरुसँग मिलेर यसको कारण खोजी भइरहेको

No comments:

Post a Comment